शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुरमा बन्दै गरेको क्रिकेट रंगशालाको काम १० प्रतिशत
Breaking News

भरतपुरमा बन्दै गरेको क्रिकेट रंगशालाको काम १० प्रतिशत

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम १० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो ।

धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिदैं काम अघि वढाएको हो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्याराफिटमुनि ढलाई गरिएको छ । टावर एकको फाउण्डेशनको कंक्रिटिङ आज सकिंदै छ । टावर दुईको ६ वटा फुटिङको ढकाल सकिएको उहाँले जानकारी दिनुभयो । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ ।
गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो । बि. सं. २०८३ पुस २२ गते सम्ममा रंगशाला निर्माणको काम सम्पन्न गर्ने गरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाईएको हो । गएको असार २३ गते ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रंगशाला निर्माण गर्न आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् ।

विज्ञापन

रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चाडपर्वमा समेत नरोकिने गरी काम भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले आज बिहान स्थलगत निरीक्षण गरेको थिएँ, काम तोकिए अनुसार नै भईरहेको पाएँ ।” कुनै पनि किसिमबाट काममा अवरोध नहोस् भन्नका लागि महानगरपालिकाका डिभिजनल इञ्जिनियरको नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रुपमा रेखदेख गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । दाहालले थप्नुभयो “निर्धारित समयमा काम सम्पन्न गर्ने गरी निर्माण भईरहेको छ ।”  रासस

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस