बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • डन्डीफोर के हाे ? डन्डिफोर आउने कारण र उपचार कसरी गर्ने? जानाैँ !
समाचार

डन्डीफोर के हाे ? डन्डिफोर आउने कारण र उपचार कसरी गर्ने? जानाैँ !

काठमाडौ। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्।

छालामा हुने एक विशेष प्रकारको तैलीय ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रूपमै कोमल राख्न सहयोग गर्छ ।

विज्ञापन

युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तैलीय ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ, उसैलाई बढी डन्डिफोरले सताउँछ ।

विज्ञापन

डन्डिफोर आउने कारण

–हर्मोनमा परिवर्तन तथा खराबी ।

–अनियमित महिनावारी ।

–खराब खानपान ।

–तनाव र अनिद्रा ।

–उत्तेजना, क्रोध र भय ।

–शरीरको फोहोर पसिनाका माध्यमबाट छाला हुँदै बाहिरिनु ।

–लामो समयसम्म कब्जियत ।

यसो गरे राम्रो

– अनुहार हरदम सफा राख्ने, किनभने धुलो जमेर छालाको छिद्रमा डन्डिफोर निम्तिन नपाओस् ।

– सादा पानीले दिनमा ५–६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।

– डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै ठिक हुन्छ ।

– निम, घ्युकुमारीजस्ता जडीबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।

– राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर अनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्नाले डन्डिफोरमा राहत मिल्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस