शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • Breaking News
  • सरकारको निर्णय मान्दैनन् भरतपुर अस्पतालका डाक्टर, तोकेको समयमा काम नगर्दा विरामी मर्कामा
Breaking News

सरकारको निर्णय मान्दैनन् भरतपुर अस्पतालका डाक्टर, तोकेको समयमा काम नगर्दा विरामी मर्कामा

चितवन । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र भरतपुर अस्पतालका डाक्टरले अटेरी गर्दा विरामीहरु मर्कामा परेका छन् । मन्त्रालयले साउन ४ गते संघीय अस्पताललाई सेवालाई विस्तार गर्न ९ बुँदे परिपत्र गरेको थियो । परिपत्रअनुसार अस्पताल विकास समितिको बैठकले विहान ९ देखि दिउँसो ४ बजेसम्म बहिरङ्ग र शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
निर्णयलाई अटेरी गर्दै डाक्टरहरुले जिम्मेवारी नसम्हाल्दा विरामीहरु समस्यामा परेका छन् । स्वास्थ्य सेवा नियमवालीअनुसार डाक्टरले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने उल्लेख छ । अस्पतालले बढाएकोे समयले हप्ताको ३० घण्टा मात्र पुग्छ ।
मन्त्रालय र अस्पताल विकास समितिको निर्णयलाई चिकित्सकहरुले अटेरी गरेपछि निर्णय कार्यान्वनमा समस्या देखिएको हो ।
निर्णय कार्यान्वन हुँदा किल्निकमा विरामीको संख्यामा कमी आउने निर्णय नमान्ने चिकित्सकहरुको बुझाइ छ ।
आस्पताल प्रशासनले गत आइतबार सूचना प्रकाशित गरी साउन १५ गतेबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको थियो । नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टरबाट सेवा लिन सकिने सूचनामा उल्लेख छ । यस्तै जिओपिडि सेवा बिहान ८ बदेखि बेलुकी ५ बजेसम्म नियमित सञ्चालन रहने जनाईएको छ । सूचनाको आधारमा उपचारका लागि अस्पताल पुग्ने विरामी अहिले साढे ९ बजेदेखिमात्र सेवा लिन पाएका छन् । यसले गर्दा विरामीहरु प्रत्यक्ष मारमा परेका हुन् ।

विज्ञापन

चिकित्सकलाई पहिलो सिफट्मा ९ बजेबाट २ बजेसम्म र दोस्रोमा ११ बजेदेखि ४ बजेसम्म सिफ्ट मिलाईएको छ । जस अन्तर्गत पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने गरी निर्णय गरिएको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले जनाताको सेवासम्बन्धी निर्णय कार्यान्वनमा चिकित्सकले बाधक बनेको बताउनुभयो ।
विभागिय प्रमुखहरुसँग बैठक राखी सुझाव माग गरी निर्णय गरिएको भएपनि अहिले चिकित्सहरुले असहमति जनाउदाँ मन्त्रालयको परिपत्र कार्यान्वनमा ढिलाई हुँदै गएको उहाँको भनाई थियो ।
स्वास्थ्य बीमाको नियम अनुसार टिकट काटेको दिनमा मात्रै सो टिकटबाट सेवा लिन सकिन्छ । अर्काे दिन आउँदा नयाँ टिकट लिनुपर्छ । आईतबार बिहानभर लाईन बसेर टिकट काटेका एक सय जनाभन्दा बढी बिरामी फिर्ता भएको पौडेलले बताउनुभयो । उनीहरुले आज परीक्षण गर्न पुनः टिकट काट्नु काट्नु पर्ने बाध्यता छ ।

विज्ञापन

बहिरंग सेवामा मात्रै होइन, अन्तरङ्ग सेवामा पनि समस्या छ । शल्यक्रियाका लागि विरामीले लामो पालो कुर्नु पर्ने अवस्था छ । डा.पौडेल पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था रहेको बताउनुहुन्छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको स्टिल निकाल्न एक वर्ष पालो कुर्नु परेको छ । आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि निकै लामो समय पालो कुर्नुको विकल्प बिरामीलाई नभएको उहाँले बताउनुभयो ।
अस्पतालमा २ हजार ६५४ बिरामी बहिरङ्ग सेवामा आएका थिए । ती मध्ये एक हजार ७४५ स्वास्थ्य बीमा मार्फत् सेवा लिने बिरामी थिए । यो संख्या कुनै दिन तीन हजार नाघ्ने गरेको पौडेलले जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका तर्फबाट ९० जना र सरकारी स्थायी ४५ जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेका छन् । यस्तै मेडिकल अधिकृत ५९ जना र छात्रवृत्ति करारका ३६ जना चिकित्सक रहेका छन् । ४२५ जना नर्स छन् । भरतपुर अस्पतालमा चितवन सहित छिमेकी २५ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ काठमाण्डौंको प्रसुती गृहपछि सबैभन्दा बढी प्रसुती सेवा दिने गरिएको छ । दैनिक २ हजारदेखि ३ हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गरेका छन् ।
–––

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस