Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २८, २०८२
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड
Breaking News

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

भरतपुर। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।
महानगरपालिकाको नगरसभा तथा

१५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।
प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता÷ श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस