Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २२, २०८१
  • होमपेज
  • समाचार
  • पाकिस्तानमाथि अमेरिकाको ऐतिहासिक जित
समाचार

पाकिस्तानमाथि अमेरिकाको ऐतिहासिक जित

काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ ।

समुह ए अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाइ सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

विज्ञापन

सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाए पछि खेल अमेरिकाले ५ रनले जितेको थियो ।

विज्ञापन

यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउदै १५९ रन बनाए पछि खेलको निर्णय सुपरओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्बाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए ।

यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्बाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ । यस अघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो ।

अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दै छ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस