सोमवार, असार १७, २०८१
  • होमपेज
  • Breaking News
  • विश्वकपको प्रत्येक रन र विकेटमा खेलाडीलाई युरो पेन्टसको नगद पुरस्कार, सेन्चुरी हाने एक लाख पाउने
Breaking News

विश्वकपको प्रत्येक रन र विकेटमा खेलाडीलाई युरो पेन्टसको नगद पुरस्कार, सेन्चुरी हाने एक लाख पाउने

चितवन।

जगन्नाथ ग्रुप अफ ईन्डष्ट्रिज प्रा.लि चितवनको उत्पादन युरो पेन्टसले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपमा प्रत्येक रन र विकेटमा खेलाडिले युरो पेन्टसको तर्फबाट पुरस्कार प्राप्त गर्नेछन ।

विज्ञापन

 

विज्ञापन

युरो पेन्टसले जारी विश्वकपमा नेपालको जीतको श्रृंखला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले पुरस्कारहरूको घोषणा गरेको जनाएको छ । जसमा प्रत्येक रन बनाएबापत रू. तीन सय, प्रत्येक विकेटबापत रू तीन हजार, प्रत्येक चौकाबापत रू. एक हजार, प्रत्येक छक्काबापत रू. दुई हजार, प्रत्येक अर्धशतक बापत रू. ५० हजार र प्रत्येक शतकबापत रू. १ लाख रूपैयाँ नगद खेलाडीले युरो पेन्टसको तर्फबाट प्राप्त गर्नेछन ।

 

 

यस पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको जगन्नाथ ग्रुपका प्रबन्ध निर्देशक केल्बिन शर्माले बताउनुभयो । उहाँका अनुसार जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ नेपाल क्रिकेट संघ (क्यान) लाई समेत पुरस्कृत गरिनेछ । सुपर–८ मा पुग्न सफल भए दुई लाख, सेमी फाइनलमा पुगे पाँच लाख, फाइनलमा पुग्न सफल भए सात लाख र वल्र्डकप जित्न सफल भए दश लाख दिने घोषणा गरिएको शर्माले बताउनुभयो ।

उहाँले सिमित श्रोत साधनको बाबजुत कडा मेहनत र परिश्रमले नेपाली क्रिकेट टिमले प्राप्त गरेको सफलता स्रहानिय रहेको बताउनुभयो । युरो पेन्टस विगत छ वर्षदेखि आफ्ना उत्पादन हरु बजारमा ल्याएको छ भने नेपाली खेलकुद क्षेत्रको विकासमा सहयात्रा गरिरहेको छ । नेपालले टि–२० विश्वकपको श्रृंखलाअन्तर्गत आफ्नो पहिलो खेल नेदरल्यान्डसँग मंगलबार खेल्दैछ । त्यस्तै टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस