शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • सन्दीप लामिछानेले टी–ट्वेन्टी विश्वकप खेल्ने पक्का
समाचार

सन्दीप लामिछानेले टी–ट्वेन्टी विश्वकप खेल्ने पक्का

काठमाडौं।

जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी–ट्वेन्टी विश्वकप खेल्ने पक्का भएको छ ।

विज्ञापन

 

विज्ञापन

लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनलाई हस्टनमा हुने दुईवटा अभ्यास म्याचसमेत खेल्ने गरी पठाउन लागिएको चन्दले जानकारी दिए ।

 

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने नेपाली टिम भने यसअघि नै अमेरिका पुगिसकेको छ ।

जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस