सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • समाचार
  • सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
समाचार

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

संघका केन्द्रीय सदस्य दुर्गा पाठकले पदाधिकारीबिच सहमति भएको  जानकारी दिँदै भने, ‘आजै निलम्बन फुकुवा हुन्छ । त्यसपछि प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउनेछौँ ।’

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस