Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम पूर्वानुमान : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
समाचार

आजको मौसम पूर्वानुमान : चट्याङसहित पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विज्ञापन

 

विज्ञापन

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । बेलुका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस