Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • न्युजिल्याण्ड पठाइदिन्छु भन्दै साढे ११ लाख ठगी गर्ने दुई जना पक्राउ
समाचार

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै साढे ११ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको सारदा नगरपालिका-१ घर भई काठमाडौंको सामाखुशी बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही ठाउँका ३३ वर्षीय टोपबहादुर सेजवाल रहेका छन् ।

वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठादिने भनेर उनीहरूले दुई जनालाई प्रतिव्यक्ति १० लाख रुपैयाँ मागेका थिए । उनीहरूसँग पटकपटक गरी साढे ११ लाख लिएर दुवै जना सम्पर्कविहीन भएका थिए ।

विज्ञापन

 

विज्ञापन

रकम लिएर सम्पर्कविहीन भएपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो । कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।न्युज कारखाना

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस