बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार

आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

चितवन।

आज ३०२औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी शुक्रवार मनाउन लागिएको हो।

विज्ञापन

 

विज्ञापन

तत्कालीन अवस्थामा गोरखाका राजा रहेका पृथ्वीनारायण शाहले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गरेका थिए।

 

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए। सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदैछ।

पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा गरेको छ । उक्त पदयात्रा हिजो हनुमान ढोका पुगेर सम्पन्न भएको हो ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सवुजका झण्डाहरु लिएर पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित निस्किएको यात्रा हनुमानढोका स्थित श्री शार्दुल जंग गुल्मले आयोजना कार्यक्रममा प्रवेश गरेको हो ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पनि आज विविध कार्यक्रम आयोजना गर्दै छ । सरकारले पृथ्वी जयन्तीमा यस पटक सार्वजनिक बिदा दिएको छैन । गत वर्ष सार्वजनिक बिदा दिइएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस