शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • Breaking News
  • आजदेखि सौराहामा १७औँ हात्ती महोत्सव हुँदै
Breaking News

आजदेखि सौराहामा १७औँ हात्ती महोत्सव हुँदै

चितवन । चितवनको सौराहामा आजदेखि १७औँ चितवन हात्ती महोत्सव सुरु हुँदैछ ।

क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्ने महाेत्सवका संयाेजक अाेम पाण्डेले जानकारी दिए ।

विज्ञापन

 

विज्ञापन

 

महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने कार्यक्रम तय भएको छ । चितवन हात्ती महोत्सवमा सञ्चालन गरिँदै आएको गतिविधिलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरूले पर्यटन महोत्सव आयोजना गरेका हुन् ।

पर्यटन विकासको लागि पौष १० गते देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको हो । चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरु गरिएको हो ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि फेरि आयोजना गरिएको हो ।

यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो ।

महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुनेछ ।

यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस