चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले व्यवहारिक शिक्षालाई जोड दिएको बताउनुभएको छ ।
भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयको ६४ अैा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महानगरले विद्यार्थीलाई विद्यालय जाउ जाउ लाग्ने वातावरण निर्माणको कार्य गरिरहेको उल्लेख गर्नुभयो ।
विज्ञापन
महानगरपालिका प्रमुख दाहालले घोक्नते विद्याले मात्र विद्यार्थी ज्ञान नपुग्ने भएकाले हरेक शुक्रबार बिना किताब विद्यालय जाने नीति नियम बनाई कार्यान्वनमा कार्यान्वयन ल्याएको जानकारी दिनुभयो ।
विज्ञापन
शुक्रबारको दिन विद्यार्थीले अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाई, संस्कृतिक प्रतियोगिता, वादविवाद प्रतियोगितालगायतका क्रियाकलाप गरी व्यवहारिक ज्ञान आर्जन गर्ने बताउनुभयो ।
भरतपुर महानगरको व्यवहारिक शिक्षासहित प्राविधि शिक्षा रहेको प्रमुख दाहालले सो अवसरमा जानकारी दिनुभयो ।
विस २०१७ सालमा आँपको रुख मुनिबाट अध्ययनको सुरुवात गरेको विद्यालय भरतपुरको नमुना सामुदायिक विद्यालय हो । विद्यालय एक हजार १० विद्यार्थी अध्ययन गर्ने गर्दछन् ।
पश्चिम चितवनमा नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले वार्षिकोत्सवको अवसरमा प्रमुख दाहालले गणित प्रयोगशालाको पनि उद्घाटन गर्नुभयो ।
विद्यालयले निकट भविष्यमा सामाजिक प्रयोगशाला निर्माण गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १६ का अध्यक्ष अमृतराज हमाल, वडा न १७ का वडा अध्यक्ष ललितमान तामाङ, कार्यपालिका सदस्य गोपाल दराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमा विद्यालयको शैक्षिक विकासमा योगदान पुराउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर हमालको अध्यक्षतामा भएको हो ।
फेसबुक प्रतिक्रियाहरु