बिहिबार, भदौ ४, २०८२
  • होमपेज
  • समाचार
  • नाबालिग छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ
समाचार

नाबालिग छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ

काभ्रे ।

काभ्रेमा नाबालिग छात्रा बलात्कार गरेको आरोपमा दुई जना प्रकाउ परेका छन् । पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षक छात्रा बलात्कार गरेको आरोपमा प्रकाउ परेका हुन् ।

विज्ञापन

 

विज्ञापन

कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको डिएसपी श्रेष्ठले बताए।

 

पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरिएको थियो। आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस