आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • भारतबाट नेपालमा चोरीका फोन ल्याएर बेच्ने गिरोहका नाइके पक्राउ
समाचार

भारतबाट नेपालमा चोरीका फोन ल्याएर बेच्ने गिरोहका नाइके पक्राउ

काठमाडौँ। भारतीय प्रहरीहरुले नयाँ दिल्लीबाट चोरीका फोनहरु नेपालमा ल्याएर बेच्ने एउटा गिरोहको नाइकेलाई समातेका छन् । प्रहरीले १२४ वटा फोन र १९ लाख भारु नगद पनि जफत गरेका छन् । यो गिरोहले चोरहरुबाट फोन लिएर फोन मर्मत गरेर ‘लूक’ फेर्थे । अनि त्यो फोनलाई महँगो मूल्यमा नेपालमा बेच्थे ।

यो गिरोहका मुख्य नाइके ३७ वर्षीय अलि हुसनलाई प्रहरीले पक्राउ गरेको छ । फोन चोरीका घटनाहरुबारे अनुसन्धान गर्ने क्रममा गिरोहका सदस्यहरुले फोन नेपाल पठाउने गरेको थाहा पाए । यही जानकारीका आधारमा चोरीका फोन करोल बागमा संकलन गर्ने काम भइरहेको आफूहरुले थाहा पाएको प्रहरीको अपराध शाखाका विशेष कमिशनर रभिन्द्र सिंह यादवले बताए । प्रहरीले हुसेनमाथि निगरानी राखिरहेको थियो । उनले स्थायी घरमा फोनहरु लुकाएका थिए भने आफू चाँहि भाडाको घरमा बस्थे ।

विज्ञापन

प्रहरीले हुसेनको साथबाट ८ थान फोन फेला पारेको थियो । सोधपुछको क्रममा हुसेनले देवनगरस्थित आफ्नो घरमा १२०–१३० थान फोन र १९ लाख भारु नगद लुकाएर राखेको बताए । उनले भनेका ठाउँबाट प्रहरीले ११६ थान फोन र नगद फेला पारेका थिए । हुसेनका दाई इफ्रानले चोरीको मोबाइल बेचबिखन गर्थे । उनको मृत्यु पछि हुसेन आफैं यो गैरकानूनी व्यवसायमा सामेल भए । विगत ३ वर्षदेखि उनले दिल्ली–एनसीआरबाट चोरीका फोनहरु संकलन गरेर महँगो पैसामा ती फोन नेपालमा बेच्दै आएको एक प्रहरी अधिकारीले भनेका छन् ।

विज्ञापन

फोन मर्मत गर्ने पसलमा हुसेनले फोनको लक हटाउन लगाउँथे, कभर र स्क्रिन प्रोटेक्टर्स फेर्थे अनि नयाँ जस्तै बनाएर नेपाली क्रेतालाई बेचिदिन्थे । एउटै फोनबाट हुसेनले १ हजार ५०० देखि २ हजार ५०० भारुसम्मको नाफा लिने गरको बताइएको छ । यो गिरोहले ४०/४० थान फोनहरु राखिएको ब्यागहरु बनाउने गरेको प्रहरीले बताएको छ । यो ब्यागलाई पयर्टक बसमा राखेर दिल्लीबाट नेपाल पठाइन्थ्यो । गिरोहका बाँकी सदस्यलाई समात्न प्रहरीले छापा मारिरहेको बताइएको छ ।एजेन्सी

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस