सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै
समाचार

चितवनको सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् ।

नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् ।

विज्ञापन

 

विज्ञापन

फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् ।

तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

 

फिल्ममा नीतासहित सलोन बस्नेत, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा र भारतीय अभिनेता ब्रह्मानन्द पनि कलाकारको रुपमा छन् । विपनाले मंगलबारदेखि सुटिङ सेट ज्वाइन गर्ने बुझिएको छ । कबीर लालले फिल्म खिचिरहेका छन् । फिल्मको निर्देशक चन्द्र पन्त हुन् । फिल्मलाई सन् २०२४ भित्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।अनलाईन खबरबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस