चितवन । चितवनमा ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीसमेतको टोलीले भरतपुर महानगरपालिका–१ आँपटारीबाट ३९६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
मंगलबार बिहान ५ बजेको समयमा मुग्लिङ तर्फबाट नारायणगढतर्फ आउदै गरेको भारतीय नम्बर प्लेट जेएच ०२ डब्लु ९६३१ भएको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाजा बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।
विज्ञापन
उक्त ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई सो फल्स बटममा प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई लुकाई छिपाई लागुऔषध गाँजा ३९६ किलो ग्राम फेला परेको जनाइएको छ ।
विज्ञापन
घटनामा पक्राउ पर्नेमा ट्रक चालक भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोही ट्रकमा सवार भारत उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने वर्ष ३७ को राजपाल सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु