चितवन । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवम् भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहालका स्वकीय सचिव सुरेशचन्द्र अधिकारीलाई पितृशोक परेको छ। भरतपुर–११ बसेनीनिवासी अधिकारीका बुवा मित्रलाल अधिकारीको ९० वर्षको उमेरमा मंगलबार बिहान आफ्नै निवासमा निधन भएको नाति सुजन अधिकारीले जानकारी दिए ।
विज्ञापन
गोरखाको हंसपुर–५ काफलडाडाँमा जन्मिएका स्व. अधिकारी ०६६ सालदेखि चितवनमा बसोबास गर्दै आएका थिए । स्व. अधिकारी गोरखामा साहु काइँलाका नामले पनि परिचित थिए । स्व. अधिकारीका चार छोरा, तीन छोरी र श्रीमती छन् । माओवादी अन्दोलनमा लागेका स्व. अधिकारीले जनयुद्धका समयमा तीन महिनासम्म सैनिक हिरासतमा यातना भोगेका थिए ।
विज्ञापन
सरल र निडर स्वाभाव रहेका स्व. अधिकारी चार वर्षदेखि मुटु र दमसम्बन्धी समस्याबाट ग्रसित थिए । गत तिहारपछि ब्रेन हेमब्रेज भएसँगै स्वास्थ्य लाभ लिइरहेका अधिकारीको मंगलबार निधन भएको हो । स्व. अधिकारीको अन्त्येष्टि बुधबार (भोलि) बिहान ७ः३० बजे देवघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रियाहरु