शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका १२० जना विद्यार्थी दीक्षित
समाचार

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका १२० जना विद्यार्थी दीक्षित

चितवन।

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका १२० जना विद्यार्थी दीक्षित भएका छन् ।

विज्ञापन

 

विज्ञापन

पोखरा विश्वविद्यालयअन्तर्गत बीबीए, बीबीए–बीआई र बीसीआईएसमा स्नातक तहमा शैक्षिक सत्र सन् २०१८ ब्याचका विद्यार्थीहरुलाई कलेजले दीक्षित गरेको हो ।

 

कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा दीक्षान्त पोशाकमा सजिएका विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका डिन सह–प्राध्यापक डा. दया राज ढकाल, यमाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्री, मिर्मिरे लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरा, कलेजका कार्यकारी निर्देशक राजु तामाङ, एमबीए कोअर्डिनेटर जगदिन तिमिल्सिना, क्यूएए कार्यक्रम संयोजक मिनप्रसाद दवाडी, बीआईसी स्टार्टअप हेड प्रेम गैरे, अतिरिक्त क्रियाकलाप प्रमुख अप्रमेय खकुरेललगायतले मायाको चिनो र प्रमाणपत्र वितरण गरेका थिए ।

भरतपुरको चितवन मिडटाउन रिसोर्टमा भएको दीक्षान्त समारोहमा बोष्टन कलेजका एसोसिएट डाईरेक्टर पुष्पराज अधिकारीले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरुलाई गुणस्तरीय र व्यवहारिक शिक्षा दिएर अभिभावकले दिएको जिम्मेवारी आफूहरुले पूरा गरेको बताएका छन् । उनल भने, ‘ आगामी दिनमा पनि विद्यार्थीहरुले निकै राम्रो गर्ने छन् भन्ने हामीलाई विश्वास छ ।’ कार्यक्रममा चितवनका प्राध्यापक, उद्योगी व्यावसायी, बैंकर, ईन्सुरेन्स कम्पनीका रिजनल तथा ब्रान्च व्यावस्थापकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्नातकको बीबीए कार्यक्रमबाट ४ जीपीए ल्याएर स्वर्ण पदक प्राप्त गर्ने अञ्जली झवरलगायत उत्कृष्ट नतिजा ल्याउने विशिष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने डिन लिस्टमा पर्न सफल स्नातक तहका विद्यार्थीहरुलाई पनि कदर गरिएको थियो। कार्यक्रममा डा ढकाल, यमाहा नेपालका कार्यकारी अधिकृत क्षेत्री, मिर्मिरे लघुबित्तका क्षेत्री, कलेजका पूर्वविद्यार्थी तथा नेपाल राष्ट्र बैँकका सहायक निर्देशक कृष्णकुमार पलले राम्रो शिक्षा लिएका मेहनती युवाहरु पछाडि नपर्ने बताए । उनीहरुले हतोत्साही नभई मेहनतका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोष्टन कलेजका अध्यक्ष चन्दले बोष्टनले उत्कृष्ट शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको र विद्यार्थीलाई पढाई सँगसँगै विभिन्न ठाँउमा लगेर आवासीय कार्यशालाहरु गराउने, ईन्टर्नसिप तथा विभिन्न कार्यक्रममा सहभागी गराउन देशभित्र तथा विदेशमा समेत लैजाने गरेको कुरालाई स्मरण गरे । यसरी बोष्टन कलेजले शैक्षिक तथा समग्र व्यक्तित्व विकासका विभिन्न आयामहरुलाई महत्त्व दिँदै शिक्षा प्रदान गरेको र यसलाई भबिष्यमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे । साथै बोष्टन कलेजले उद्यमशिलता प्रबर्द्धनको लागी ‘बिआईसी स्टार्टअप्स’ मार्फत र सोधपत्र लेखन तथा अनुसन्धान प्रवर्द्धन गर्न ‘बोष्टन रिसर्च डिपार्टमेन्ट’ मार्फत कामहरु अगाडि बढाएको कुरालाई उधृत गरे । उनले बोष्टनले अध्ययनमा उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने गरेको र गत वर्ष मात्रै कुल ८० लाख भन्दा बढी रकम बराबरको छात्रबृत्ति प्रदान गरेको कुरा जानकारी गराए । कार्यक्रममा विश्वविद्यालयकी गोल्ड मेडलिस्ट अन्जली झावर, दीक्षित विद्यार्थी सुगम अर्याललगायतले कलेजमा बिताएका यादगार चार वर्षको स्मरण गरेका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस