शनिबार, अशोज २६, २०८१
  • होमपेज
  • Breaking News
  • गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालामा तत्काल खेल्न मिल्ने बनाउन रेनु दाहालको निर्देशन
Breaking News

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालामा तत्काल खेल्न मिल्ने बनाउन रेनु दाहालको निर्देशन

चितवन ।
भरतपुर महानगरपालिकाले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालालाई तत्काल खेल्न मिल्ने बनाउने गरी निर्माण कार्यको टेन्डर गर्न निर्देशन दिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाको सम्वन्द्ध सरोकारवालासंग आज सिंहदरवारमा बसेको बैठकमा दाहालले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिनुभएको हो ।

विज्ञापन

 

विज्ञापन

बैठकमा शहरी विकास मन्त्रालय भवन विभागका महानिर्देशक सहितको टिम, भरतपुर महानगरको प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, नेपाल क्रिकेट सघंको सचिव पारस खडका, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्य भण्डारी, पुलचोक ईन्जिनियरिङ्ग क्याम्पसका प्रध्यापक, गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला डिजाईन कन्सलटेन्ट टिम सहितको उपस्थिति थियो महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।

 

सो क्रममा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको कार्ययोजना, जटिलता, समस्या र उपायहरु बारे सर्वपक्षिय गहन भएको उनले बताए । यो निर्माणाधिन रंगशाला केही बर्षदेखि अलपत्र छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस