बिहिबार, भदौ ४, २०८२
  • होमपेज
  • समाचार
  • टिकटक खोल्ने मुध्दा श्रीमानहरुले हेर्न भ्याएनन्,५ महिनापछि बल्ल पालो
समाचार

टिकटक खोल्ने मुध्दा श्रीमानहरुले हेर्न भ्याएनन्,५ महिनापछि बल्ल पालो

सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट पुन: ‘हेर्न नभ्याइने’ मा परेको छ ।

न्यायाधीश प्रकाश ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त ५ नम्बर इजलासमा पेशी तोकिएको रिट अन्तिम समयमा हेर्न नभ्याइनेमा परेको हो । यसअघि पनि यो मुद्दा दुई पटकसम्म हेर्न नभ्याइनेमै परेको थियो । अब अर्को पेशी एकैचोटी आउँदो वैशाख २७ गतेका लागि तोकिएको छ ।

विज्ञापन

आमचासो र सार्वजनिक सरोकारको यो मुद्दा छिट्टै किनारा लाग्ने धेरैको अपेक्षाविपरित सर्वोच्चले एकैचोटी पाँच महिनापछिलाई पेशी तोकिदिएको हो ।

विज्ञापन

टिकटक बन्द गर्ने सरकारको निर्णय गैरसंवैधानिक रहेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ताहरु अनन्तराज लुईंटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद (स्वागत) नेपाल,अञ्जन धिताल,यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले मङ्सिर १ गते छुट्टा-छुट्टै रिट दायर गरेका थिए ।

प्राय: सबै रिटमा सरकारको निर्णय गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएकाले टिकटकमा लगाइएको रोक तत्काल फुकाउन अन्तरिम आदेश माग गरिएको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरिसकेको छ ।

मङ्सिर ५ गते न्यायाधीश विनोद शर्मा पौडेलको इजलासले सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउन रिटकर्ताले मागे गरेबमोजिम अन्तरिम आदेश दिन जरुरी नदेखिएको निर्णय सुनाउँदै सरकारका नाममा कारण देखाऊ आदेशसम्म जारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस