शनिबार, अशोज २६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा ढुंगा प्रहार गरि छोराले गरे बाबुको हत्या
समाचार

चितवनमा ढुंगा प्रहार गरि छोराले गरे बाबुको हत्या

इच्छाकामना । चितवनमा छोराले बाबुको हत्या गरेका छन् । चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा रक्सीको नसामा रहेका १९ बर्षिय सुनिल चेपाङले आज दिउँसो बाबु ३८ बर्षिय रामशरण चेपाङको ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।
स्थानियका अनुसार ढुंगा प्रहारबाट घाइते भएका रामशरण चेपाङको इच्छाकामना आधाभुत अस्पताल कुरिनटारमा प्राथमिक उपचार गरि थप उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटो मै मृत्यु भएको हो ।
रक्सीको नसामा रहेका सुनिललाई घरमा जाउ भनि बाबुले कर गरेपछि ढुंगाले प्रहार गरेको स्थानियहरुले बताएका छन् ।
शबलाई पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सुनिललाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना वडा नम्बर २ काउले घर भएका चेपाङ परिवार चुम्लिङ्गटारमा डेरा गरि बस्दै आएका थिए । उनिहरुको परिवार चुम्लिङ्गटारमै मजदुरी गर्दै आएका थिए ।

 

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस