शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • Breaking News
  • ध्रुवे हात्तीलाई रेडियोकलर जडान
Breaking News

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

काठमाण्डौ । चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा निकालेर रेडियोकलर जडान गरिएको छ ।

 

विज्ञापन

चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर रेडियोकलर जडान गरिएको हो ।

विज्ञापन

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए ।

रेडियोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ । रेडियोकलर जडान गर्नुअघि हात्तीको दाह्रा काटिएको थियो । केही वर्ष पहिले आतङ्क मच्चाएर केही समय शान्त रहेको ध्रुवे हात्ती तिहारयता फेरि मानव बस्तीमा पस्न थालेपछि डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जले जनाएको छ ।

यस हात्तीले यसअघि मान्छेको ज्यान लिनुका साथै बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको थियो । रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस