शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
समाचार

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

चितवन ।

चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सुर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानी प्रसाद पौडेल घाइते हुनुभएको छ ।

विज्ञापन

 

विज्ञापन

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । बेलेरोको ठक्करबाट गम्भिर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अधिकारीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

 

मृतक अधिकारी माडी नगरपालिका १ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुनुहुन्छ । दुर्घटनामा घाइते स्याङजा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले  जानकारी दिनुभयो । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।नारायणी अनलाइनबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस