शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने
पत्रपत्रिका

धरहरा तीन महिनाभित्रै सर्वसाधारणको लागि खुलाइने

काठमाडौ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ। अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ। तर, अझै पनि धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको काम भने सकिसकेको छैन।

विज्ञापन

 

विज्ञापन

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक कोषराज अधिकारीले अहिले धरहरा परिसरमा निर्माणाधीन रहेका केही संरचनालाई यथावत्मा नै राखेर तीन महिनाभित्रै धरहरा सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको बताए।

 

‘हामीले अहिले धरहरा निर्माणमा देखिएको केही समस्यालाई यथावत् राखेर दुई/तीन महिनाभित्रै सर्वसाधारणको लागि धरहरा खुलाउन सकिन्छ कि भनेर आवश्यक गृहकार्य गरिरहेका छौं,’ उनले भने ‘हामीले तीन महिनाभित्रै धरहराको भत्किएको ठुटो व्यवस्था, पानीको निकास र स्थानीयसँगको विवाद लगायतका विषयलाई छाडेर मात्रै धरहरा सर्वसाधारणको लागि खुलाउन सकिन्छ भनेर आवश्यक तयारी गरिरहेका छौं।’ सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको सुरुवाती लागत तीन अर्ब आठ करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले पाएको थियो।

धरहरा निर्माणमा ठेकेदार कम्पनी र आयोजना कार्यान्वयन इकाई लगायतको निकायको कमीकमजोरीको कारणले निर्माणमा ढिलासुस्ती हुँदै आइरहेको छ। धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो। सो ठेक्का सम्झौता अनुसार दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न हुनुपर्ने थियो। अहिलेसम्म धरहराको पाँच पटक म्याद थप भइसकेको छ। धरहराको फेरि छैटौँ पटक म्याद थप गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ मा धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै धरहराको हतार–हतार उद्घाटन गरेका थिए। नागरिक दैनिकमा खबर छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस