On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख २४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • स्तन क्यान्सरको बहिरङ्ग सेवा निःशुल्क
समाचार

स्तन क्यान्सरको बहिरङ्ग सेवा निःशुल्क

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
यो महिनाको प्रत्येक शुक्रबार विद्यालय तथा क्याम्पसमा गएर छात्रालाई स्तन आफैँले कसरी परीक्षण गर्ने भन्नेबारे प्रशिक्षण दिने गरिएको देवकोटाले बताउनुभयो । “नौ कक्षाभन्दा माथिका छात्राका साथै विद्यालय र क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाको पहिचान कसरी गर्ने, कसरी आफैँले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ”, उहाँले भन्नुभयो ।
अस्पतालका अङ्कोलोजिष्ट डा सुवास ठाकुरले महिनाको एक दिन छुट्याएर आफ्नो स्तन आफैँले परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले गाँठागुँठी भेटिएमा चिकित्सकको परामर्श लिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन् । तर गाँठागुँठी देखिए क्यान्सर हो÷होइन भन्ने यकीन गर्नुपर्छ ।”
परीक्षणका क्रममा मेमोग्राम र युएसजी गरेर यकीन गर्न सकिने ठाकुरको भनाइ थियो । क्यान्सर इन्स्टिच्यूमा बढीमात्रामा मुख, जिब्रो, घाँटी, पाठेघर, स्तन र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा अस्पतालका निर्देशक डा दयाराम लम्सालले स्तन क्यान्सर समयमै पहिचान गर्नसके उपचार गर्न सहज हुने भन्दै पहिचान भएकामा निको हुने दर पनि उच्च रहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसङ्ख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको उहाँले बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) का रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ ।
canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस