शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • Breaking News
  • गोरखा पुगेर नारायणकाजिले भने ‘भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन’
Breaking News

गोरखा पुगेर नारायणकाजिले भने ‘भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा रोकिँदैन’

गोरखा।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै हालतमा नरोकिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रस्तिष्ठान गोरखाको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको बृहत् लोकदोहोरी महोत्सव ‘२०८०’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य नगरेसम्म समृद्ध नेपाल निर्माण गर्न सम्भव नहुने बताउनुभयो ।

विज्ञापन

 

विज्ञापन

उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा समृद्धिको प्रक्रिया अगाडि बढाउनका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै सुशासन कायम नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । “देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अगाडि बढाउने अठोटका साथ हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर जनताले जीवनमा परिवर्तन महसुस हुने गरी काम हुन सकेको छैन, त्यसका लागि सुशासन अनिवार्य सर्त हो ।”

 

उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गरेर मात्र जनतालाई सहज ढङ्गले सेवाप्रवाह गर्नसक्ने गरी देशको सुशासन र समृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले जनताले आफ्नो दैनिक जीवन नै फेरिएको अनुभूति गर्ने गरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस