कैलाली । प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन् । कञ्चनपुरकाे भीमदत्त नगरपालिका -३ का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
विज्ञापन
विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् । शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताईएको छ । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको थियो ।
विज्ञापन
सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका थिए छोराको स-कुशलका लागि भागवनसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका थिए ।
उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन् । दुई जना भने सकुसल छन् । उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।
फेसबुक प्रतिक्रियाहरु