सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • तीन वर्षभित्र काठमाडौं महानगरको बेरोजगारी समाधान गर्ने बालेनको उद्घोष
समाचार

तीन वर्षभित्र काठमाडौं महानगरको बेरोजगारी समाधान गर्ने बालेनको उद्घोष

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वर्षभित्र महानगरको बेरोजगारी समस्या समाधान गर्ने लक्ष्यसहित काठमाडौंको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ।

 

विज्ञापन

महानगर प्रमुख बालेन्द्र शाहले आज (आईतबार) सामाजिक सञ्जालमार्फत उक्त योजना सार्वजनिक गरेका हुन् । हरेक वर्ष १५ हजार जनालाई सीपमूलक तालिम र पाँच हजार जनालाई नयाँ रोजगारी सिर्जना गर्ने महानगरको लक्ष्य रहेको छ ।

विज्ञापन

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको मेयर बालेनले बताएका छन् ।

मेयर बालेनका अनुसार महानगरका स्थायी बासिन्दा ,महानगरका करदाताहरु र महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंक मा आबद्द हुनसक्ने छन् ।

श्रम बैंक मा आबद्द जनशक्तिलाई महानगरभित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन, महानगरमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्थाहरु र महानगरको श्रम बैंक एप मार्फत पार्ट पाइम जबको रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने बताइएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस