आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’
समाचार

चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’

रत्ननगर । थारुहरुको बाक्लो बसोबास रहेको चितवनकोपूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास हुनेगर्छ । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रतवा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका
दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा
मनाउने गरिन्छ ।यस ब्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ ।थारु महिलाहरुको ठुलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्तिर चिरायुको लागि प्रसिद्ध छ । आज ९शनिवार० थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदैजितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलकोपात टिपेर दिनभरमहिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।

जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु भएको थियो ।थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी  क्षेत्रमा यतिबेला जितियाको विशेष उल्लास छ । थारु समुदायका महिलाहरुखुल्ला तरिकाले चोक चोकमा झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाईरहेकाछन्

विज्ञापन

बिहानै नुहाईधुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्वमनाईरहेकाछन् । विगतका वर्षहरुमा झै यस वर्ष पनि विहान पख दर खाएपछि
महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ । जितियाकोचहलपहल जताततै छ ।

विज्ञापन

चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका,भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुनेगर्दछ ।आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्वमनाईन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो ९शुक्रवार० सप्तमीको दिन भएकोले  महिलाहरू विहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरि त्सपछि
मात्रै खानेकुरा खाएका थिए ।

आज ९शनिवार० अष्टमीको दिनमा महिलाहरू विहानै नुहाई, घुवाई गरी सफा र चोखोकपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच
नाचेर मनाउछन् । महिलाहरू सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटानृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई
पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा
श्रवण गर्ने प्रचलन छ ।

रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा बिहानभिजाएको मासको दाल र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले
जीतबाहनको कथा ९जितिया ब्रत कथा० घण्टौं लगाएर सुनाउँछ ।

कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्छन् । भोलिपल्ट अर्थात् नवमीकोदिन विहनै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति ९जसलाई थारु
भाषामा ‘गरग्वाङ’ भनिन्छ० बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खानबस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै
खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछिभने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली
महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वकासाथ मनाउने गरेका छन् ।

सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागिमनाईने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको छ । यो पर्वले
महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ ।

विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहनबाबाको नामले पुर्जा अर्चना गर्ने प्रचलन छ । विवाह गरेर गएका
चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ ।विवाहित र अविवाहित दुवै चेलीहरुले यो पर्वमा ब्रत लिन सक्छन् ।

विवाहितले श्रीमान र आफ्ना सन्तानको दिर्घायुको कामना गर्दै निरहार ब्रतबस्छन् भने अविवाहीत चेलीहरुले जितबाहन जस्तै सुयोग्य पत्ति प्राप्तीका
लागि निरहार ब्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र चेलीहरूपानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा
पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।

यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दुखका कुरा साट्ने अवसरका रूपमा लिन्छन् । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने संगमका रूपमा
पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसरपनि यस पर्वले जुराउने गरेको छ ।

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तर पनिथारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको छ ।

यस्तै, थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा चितवनका स्थानियतहहरूले आइतवार सार्वजनिक विदा समेत दिएकाछन् ।

अहिले काठमाडौंमा बस्ने थारु समुदाय लगाएत अन्य समुदायका महिलाहरुले पनिजितिया पर्व धुमधामका साथ मनाउने गर्छन् । संस्कृति झल्काउने पोसाकमा
सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेकाछन् ।

यसरी सामाजिक सद्धभाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्वनेपाल र नेपालीको पहिचान बोकेको पर्व हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस