Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा बिरूवा उखेल्ने महिलालाई २५ सय जरिवाना
समाचार

भरतपुरमा बिरूवा उखेल्ने महिलालाई २५ सय जरिवाना

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३ स्थित शहीदचोक–बेलचोक सडकखण्डमा लगाइएको बिरूवा उखेल्ने खुस्बु रौनियारलाई २५ सय जरिवाना तिराइएको छ । भरतपुर महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सो सडकखण्डको पेटीमा विभिन्न जातका फूलका बिरूवा लगाएको थियो ।

चितवन प्रहरीले सिसी टिभी फुटेजको आधारमा बिरूवा उखेल्ने वर्ष २८ की रौनियारलाई पक्राउ गरेको थियो । भरतपुर–३ का वडाध्यक्ष विकास थापाले भरतपुर महानगरको स्थानीय कानुनबमोजिम कारबाहीस्वरुप जरिवाना लगाइएको बताए ।

विज्ञापन

उनले भने, ‘अनुगमनमा उनले पाँचवटा बिरूवा उखेलेको पाइयो, एउटा बिरूवाको ५०० को दरले २५ सय जरिवाना गराइएको हो ।’ सोमबार राति सवा २ बजे आफ्नै पसलअगाडि रहेको बिरूवा उखेलेर फालेको सिसी टिभी फुटेजका आधारमा प्रहरीले रौनियारलाई पक्राउ गरेको जनाएको छ ।

विज्ञापन

रौनियारलाई बिरूवा उखेलेको ठाउँमा पुनः वृक्षरोपण गरी त्यसको संरक्षण गर्ने गरी मंगलबार सहमति भएको भरतपुर–३ नं वडा कार्यालयले जनाएको छ । पाँच वर्षसम्म उनले लगाएको बिरूवाको संरक्षण गर्ने सर्तमा वडा कार्यालयमा सहमति भएको वडाध्यक्ष थापा बताउँछन् ।

वडा प्रहरी कार्यालय नारायणगढको रोहबरमा सहमतिपत्रमा हस्ताक्षर गराई रौनियारलाई रिहा गरिएको प्रहरीको भनाइ छ । सहमतिपत्रमा भरतपुर–३ का वडा सदस्य रामबहादुर लोहनी, भरतपुर महानगरपालिका वातावरण शाखाका अभय तिमिल्सिना, प्रहरी नायब निरीक्षक मित्रबहादुर तामाङ, वडा सचिव माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस