On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • चितवनका स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली
समाचार

चितवनका स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली

चितवन। चितवनका स्वास्थ्य संस्थामा अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न (क्वीक रेस्पोन्स टिम) क्युआरटि गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टिम गठन भएको हो ।

टिममा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल हुनुहुन्छ ।

विज्ञापन

यसैगरी अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साईन्सेस चितवनका प्रा.डा.सुदिपराज केसी, चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.लोकबहादुर सेडाई र निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारी रहनु भएको छ । सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने रहनु भएको छ ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालय चितवनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा सोमबार छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी टिम गठन गरेको हो ।

छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा एवं बिरामीलाई प्रभावकारी चिकित्सकीय सेवा प्रदान गर्ने सन्दर्शमा प्रचलित ऐन कानुनको प्रावधान तथा चिकित्सकहरुले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा सम्बन्धित स्वास्थ्य संस्थाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (संशोधन सहित) ले गरेका कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्थाहरु उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहज रुपमा देख्ने गरी सबै स्वास्थ्य संस्थाहरुले फ्लेक्स बोर्ड राख्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।

जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरुमा बढ्दो बिरामीको चाप र न्यून जनशक्तिबीच गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चुनौती देखिएको भन्दै छलफलले सरकारी स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति र स्रोतसधनको व्यवस्थापन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुले आवश्यकता अनुसार स्वास्थ्यकर्मी र पर्याप्त भौतिक स्रोतसाधनको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय उक्त छलफलमा गरेको छ ।

छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमण न्यूनिकरण गर्न अस्पताल र प्रशासन दुवैको भूमिका महत्वपूर्ण हुने भन्दै समन्वयमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले बिरामी र बिरामीका आफन्तसँग छिटो र पारदर्शी परामर्श दिन आग्रह गर्दै गल्ती गर्ने चिकित्सक कर्मचारीहरु पनि कारवाही भोग्न तयार रहनु पर्ने बताउनुभयो ।

अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण नहोस् भन्नका लागि क्युआरटि टिम तयार पारिएको भन्दै अबको दिनमा अप्रिय घटना नहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.विजयराज न्यौपाने, कार्यकारी निर्देशक डा.शिवजी पौडेल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल, चिकित्सक संघ चितवनका अध्यक्ष डा.लोकबहादुर सडाई, निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारी, चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका निर्देशक डा.मनोहर प्रधान लगायतले बोल्नु भएको थियो ।

उहाँहरुले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई राजनीतिक दलहरुले संरक्षण गर्ने गरेको गुनासो गर्नुभयो । न्यून जनशक्तिमा धेरैभन्दा धेरैलाई सेवा दिनु परेको भन्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा उहाँहरुको जोड थियो । कानुन कार्यान्वयन हुन नसक्दा आपराधिक क्रियाकलाप बढेको भन्दै भिडले चिकित्सक र स्वास्थ्यकर्मीलाई अपराधिकरण गर्ने गरेको बताउनुभयो ।कान्तिपुरहेल्थबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस