मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • चितवन विशेष
  • भरतपुर महानगरले तोक्यो डेङ्गी परीक्षणको अधिकतम शुल्क ६ सय
चितवन विशेष

भरतपुर महानगरले तोक्यो डेङ्गी परीक्षणको अधिकतम शुल्क ६ सय

चितवन । भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ । डेङ्गीको परीक्षणमा जथाभावी रुपमा शुल्क लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो । महानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै डेङ्गी परीक्षणका लागि आधिकतम मुल्य ६ सय रुपैयाँ तोकेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुल्कमा एक रुपता होस् र नागरिकलाई सजह स्वास्थ्य सेवाका लागि शुल्क तोकिएको बताउनुभयो । उहाँले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुलाई समयमै रिपोर्ट दिन समेत अनुरोध समेत गर्नुभयो ।
जिल्लाका ल्याबहरुमा डेङ्गी परीक्षणको शुल्क एकरुपता नभएको गुनासो आएपछि शुल्क निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । ‘देशैभरी डेङ्गी रोग फैलिरहेको छ ।  महानगरपालिकासमेत उच्च जोखिममा छ । तर, रोग निदानका लागि गरिने परीक्षणमा एकरुपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसँगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन अनुरोध छ’–उहाँले जारी गरेको विज्ञप्तीमा भनिएको छ । उहाँले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गर्नुभएको छ । डेङ्गी परीक्षण गरेको कुनै ल्याबले भरतपुरमा हजार रुपैयाँ लिने गरेका छन् ।

विज्ञापन

नेपालमा डेङ्गी रोगको संक्रमण पहिलो पटक चितवनमा देखिएको हो । यहाँ एक वर्षको अन्तरालमा डेङ्गीको महामारी नै हुने गर्दछ । साउन यता जिल्लामा ४६ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भेटिएको छ । त्यहाँ ७/७ जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यहाँ अन्य जिल्लाका १४ र ठेगाना नखुलेका ६ जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस