मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • आज २०८० साल साउन २ गते मंगलवार,यस्तो छ तपाईको आजको राशिफल
पत्रपत्रिका

आज २०८० साल साउन २ गते मंगलवार,यस्तो छ तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

विज्ञापन

 

विज्ञापन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । काममा सफलता पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन सामान्य र माध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगरेकै जाती हुनेछ, साँझमा भने शुभ समाचार पाइन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस