शनिबार, साउन १२, २०८१
  • होमपेज
  • क्रिकेट
  • विराटले तोडे सचिनको रेकर्ड
क्रिकेट

विराटले तोडे सचिनको रेकर्ड

नयाँ दिल्ली । भारतीय क्रिकेटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाएर रेकर्ड कायम गर्न सफल भएका छन् । अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रंगशालामा भएको दोस्रो टेस्टको तेस्रो दिन बिराटले यो उपलब्धि हासिल गरेका हुन् ।

आइतबार भएको खेलवाट बिराटले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गर्न सफल भए पछि फ्यानहरुले ताली बजाएर हर्षोल्लास गरेका थिए । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाउएका भारत कै सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

विज्ञापन

बिराटले सचिनको भन्दा २८ खेल अगाडी नै यो किर्तिमान कायम गरेका हुन् । यो सूचीमा अष्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् भने उनले ५८८ खेलमा यो २५ हजार रन पुरा गरेका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस