शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरपालिका दुई वडा बालमैत्री घोषणा गर्ने तयारी
समाचार

भरतपुर महानगरपालिका दुई वडा बालमैत्री घोषणा गर्ने तयारी

चितवन । भरतपुर महानगरपालिकाले वडा नं. १३ र २३ लाई बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
हिमालयन लाइफको आर्थिक सहयोगमा वडा नं. १३ र आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा नं. २३ लाई बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारी गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरका सबै वडा बिस्तारै बालमैत्री वडाको रुपमा घोषणा हुने गरि काम भइरहेको बताए । हामी हाम्रो महानगरलाइ सुन्दर, शान्त, भयरहित साथै बालमैत्री महानगरको रुपमा हेर्न चाहन्छौँ उनले भनेका छन् ।

विज्ञापन

बालमैत्री वडाको रुपमा घोषणा हुनलाइ विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्छ, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुशिला वाग्लेले भनिन् । बालमैत्री वडा घोषणा हुन पाँच बर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्री संरचनाहरु निर्माण भएको हुनुपर्ने लगाएतका ५१ वटा सुचकहरु पार गरेपछि मात्रै बालमैत्री वडाको रुपमा घोषणा गर्न मिल्छ,प्रमुख वाग्लेले भनिन् ।

विज्ञापन

भरतपुर महानगरपालिकाले हाल अभिभावक विहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको सहयोगमा मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिए ।महानगरपालिकाले यस अघि २०७६ सालमा वडा न १४ लाई बालमैत्रि वडाको रुपमा घोषणा गरिसकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस