शनिबार, भदौ ६, २०८२
  • होमपेज
  • समाचार
  • चुनावी प्रशिक्षणको लागि गोरखा पुगे प्रचण्ड
समाचार

चुनावी प्रशिक्षणको लागि गोरखा पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्। शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने छन्।

प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका हुन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड यसपटक गोरखा २ बाट प्रतिष्पर्धा गर्दैछन्।

विज्ञापन

यही असोज २३ गते उम्मेदवारी दर्ता गराउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस