काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवका १० वर्षमात्र आफु सक्रिय राजनीतिमा रहने संकल्प गरेका छन्।
उनले सामाजिक संजाल मार्फत यो संकल्प सार्वजनिक गरेका हुन।
विज्ञापन
अबको १० वर्षमा आफू ५५ वर्षको हुने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिएर आफ्नो बाटो लाग्ने उनले वताएका छन्। ‘मसँग जम्मा १० वर्ष छ, सक्रिय राजनीति गर्ने १० वर्ष हो ।
विज्ञापन
त्यसपछि आफ्नो बाटो लाग्छु’ उनले भनेका छन्–‘त्यो समयमा हामीभन्दा क्षमतावान ब्यक्ति तयार भएका हुन्छन्, उनीहरुलाई ठाउँ खाली गर्ने हो।’
तर, वुढा नेताहरुले आफुहरुलाई ठाउँ नदिएको र काम गर्न नदिएको उनले वताए ।
तर, उनीहरुले दिएनन् भन्दैमा आफहरु नभागेको र संघर्ष गरिरहेको उनले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु