आइतवार, असार १५, २०८२
  • होमपेज
  • समाचार
  • प्रभु साहलाई ओलीले भने उहाँले षडयन्त्र गर्नुभयो
समाचार

प्रभु साहलाई ओलीले भने उहाँले षडयन्त्र गर्नुभयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रभु साहले षडयन्त्र गरेको आरोप लगाएका छन् ।

उनलाई आगामि प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले टिकट दिए पनि अन्तिम समयमा आफूलाई स्वतन्त्र उम्मेदवारका रुपमा साहले मनोनयन दर्ता गरेका छन् ।

विज्ञापन

एक टिभीमा अन्तर्वार्ता दिँदै केपी ओलीले प्रभु साहले आफूलाई उम्मेदवारी दिँदै छु भनेर फोनमा कुरा गरेको पनि बताएका छन् ।

विज्ञापन

 

‘उहाँले धोका दिनुभयो, उहाँले लामो समयदेखि पार्टीमा संदिग्ध गतिविधि गरिरहनु भएको थियो,’ ओलीले भनेका छन्, ‘तर, मैले त्यसलाई विश्वास गरेको थिइनँ, मकहाँ आएका रिपोर्ट नै गलत होलान् भन्ने लागेको थियो ।’

तर, प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि आफूलाई आएका रिपोर्ट सहि रहेछन् भन्ने निष्कर्षमा आफू पुगेको पनि ओलीले बताएका छन् ।

प्रभु साहले आफूले जिल्लाका अरुको पनि टिकट लिएर गएको तर त्यहाँ पनि कसैलाई समयमा टिकट नदिएको ओलीले आरोप लगाएका पनि छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस