बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • ‘२ नम्बरी’ युवापुस्ताले हेर्नुपर्छ : पूजा शर्मा
समाचार

‘२ नम्बरी’ युवापुस्ताले हेर्नुपर्छ : पूजा शर्मा

नेपालीहरुको महान् पर्व दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शन थालनी गरेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको भए पनि दर्शकले फिल्मलाई मनोरञ्जनको खुराक भन्दै प्रशंसा गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले थिएटरमा दर्शकको चाप बढाउँदै लगेको छ ।

अभिनेत्री पूजा शर्माले पनि ‘२ नम्बरी’को प्रशंसा गरेकी छन् । आइतवार निर्देशक शोभित बस्नेतको साथमा फिल्म हेर्न पुगेकी उनले फिल्म एकदमै राम्रो बनेको बताइन् । उनले भनिन्, ‘गाउँ-घरमा देखिरहेको र भोगिरहेको कुरालाई नै फिल्ममा उतारिएको छ, जसले दर्शकको मन-मुटु छुन्छ । वास्तविकतामा आधारित भएर राम्रो फिल्म बनेको छ । अझ बढी युवापुस्ताले फिल्म हेर्नुपर्छ ।’

विज्ञापन

‘२ नम्बरी’बाट नेपाली फिल्ममा प्रवेश गरेकी भुटानी अभिनेत्री उगेन छोदेनको अभिनयको प्रशंसामा पनि पूजाले शब्द खर्चिइन् । ‘मलाई फिल्म हेर्दा उगेनजी नयाँ कलाकार हो भन्ने महशुस नै भएन । उहाँको जुन टोन छ त्यसैलाई देखाउनुभएको छ । त्यसैले उहाँको अभिनय नेचुलर लाग्छ । उगेनजी भुटानी अभिनेत्री भए पनि नेपाली फिल्ममा निरन्तरता होस् भन्ने चाहन्छु,’ उनले भनिन् ।

विज्ञापन

त्यस्तै, निर्देशक तथा कलाकार शोभित बस्नेतले पनि फिल्मको प्रशंसा गरे । निर्देशक दीपेन्द्र लामाले यसअघि आफ्नो लागि फिल्म बनाएको भए पनि यसपाली दर्शकका लागि बनाएका कारण पूर्ण मनोरञ्जनात्मक रहेको बताए । उनले प्रशंसा गर्दै भने, ‘दर्शकले कस्तो र के मन पराउँछन् भन्ने हिसाबले फिल्म बनाएकाले एकदमै राम्रो छ । हरेक कलाकारहरुको काम पनि अत्यन्त राम्रो छ ।’

‘२ नम्बरी’का अभिनेता दयाहाङ राईले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताए । दर्शकहरुले फिल्ममा भएको कमी-कमजोरी पनि औंल्याइदिएकोमा उनले आभार प्रकट गरे । अभिनेत्री उगेन छोदेनले दर्शकबाट नसोचेको प्रतिक्रिया मिलेको र आफ्नो क्यारेक्टर रुचाइएकोमा खुसी व्यक्त गरिन् । आफूलाई नेपाली दर्शकले चिन्न थालेकोमा पनि उगेनले खुसी साटेकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस