नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन्।
तनहुँ पुगेर उनले निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरेका थिए।
विज्ञापन
पौडेल तनहुँ १ मा कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार छन्। उम्मेदवारी दर्तापछि बोल्दै उनले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएको बताए।
विज्ञापन
उनले प्रतिगामीलाई रोकेर देशलाई अग्रगमनतर्फ लैजाने अभियानमा आफू रहेको बताए।
‘यो निर्वाचन सामान्य निर्वाचन होइन। प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो,’ उनले भने।
उनले भ्रष्टाचार उन्मुलन गर्ने अभियानमा आफू रहेको पनि बताएका थिए। उनले भने, ‘जनता संतुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो। म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु। म यही प्रण गरेको छु।’
फेसबुक प्रतिक्रियाहरु