आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • उम्मेदवारी दर्ता गर्न प्रचण्डसँगै गोरखा जाँदै बाबुराम
समाचार

उम्मेदवारी दर्ता गर्न प्रचण्डसँगै गोरखा जाँदै बाबुराम

गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई गोरखा जाँदैछन्।

आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा- २ मा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को उम्मेदवारी दर्ता गर्न उनी आइतबार प्रचण्डसँग गोरखा जान लागेका हुन्।

विज्ञापन

‘गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा!’

विज्ञापन

माओवादीले गोरखा- २ मा अध्यक्ष दाहाललाई उठाउने निर्णय गरेको हो। उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए।

अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्। काठमाडौं- १० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।

२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्।

गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस