काठमाडाैं । नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी गरेका छन्।
रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले पार्टीभित्र १० बुँदे सहमतिको कुरा उठाउने र त्यसकै मर्मअनुसार अघि बढ्नुपर्छ भन्नेहरुलाई ओलीले सिध्याउने कोसिस गरेको र दश बुँदे सहमति गर्ने तर ओलीले जे भन्यो त्यै मान्नेहरुलाई भने टिकट दिइएको बताएका हुन् ।
विज्ञापन
‘१० बुँदे भनेको १० भाइ मात्रै होइन । यो एउटा मर्म हो । यस मर्मअनुसार काम गर्ने अरू साथीहरू पनि योग्य थिए । पढेलेखेका थिए । यसको मर्मअनुसार काम गर्नेको कत्लेआम भयो’ भुसालले भने ।ऽएमाले पार्टी अध्यक्ष ओलीबाट अपहरित भएकाले पनि आफूहरुले विद्रोह गरेको भुसालको भनाइ छ।
विज्ञापन
‘विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपर्याे । आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ पाइनँ । मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो । एमाले त ओलीद्वारा अपहरित पार्टी भयो’ भुसालले भने ।
आउँदो चुनावको लागि जिल्ला कमिटीले भुसालको नाम पठाए पनि अध्यक्ष ओलीले उनेलाई टिकट नदिएपछि बिहान भुसालले पार्टी त्यागेको समेत घोषणा गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु