शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • समाचार
  • एमालेका १० भाईको संकट, भीम रावलको टिकट काटिँदा अष्टलक्ष्मी ब्याक
समाचार

एमालेका १० भाईको संकट, भीम रावलको टिकट काटिँदा अष्टलक्ष्मी ब्याक

काठमाडौं । नेकपा एमालेका १० भाईका रुपमा चिनिएका छन् अध्यक्ष केपी शर्मा ओलीइतर समूह । विगतमा माधव नेपालनिकट रहेका उनीहरु नेकपा छँदा ओलीविरुद्ध संगठित समूहमा सक्रिय थिए । तर, एमाले फुट्दा उनीहरुले माधव नेपाललाई साथ दिएनन् ।

भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहरा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य र रघुजी पन्त १० भाईका रुपमा परिचित छन् । उनीहरु ओलीको पेलाईमा छन् । कतिपयले ओलीसँग बन्द कोठामा आत्मालोचना गरेर स्थान सुरक्षित गरिसकेका छन् ।

विज्ञापन

भीम रावलले ओलीविरुद्ध अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । त्यसको बदलास्वरुप ओलीले विगतको गल्तीमा माफी माग्नुपर्ने भन्दै टिकट नै रोकिदिएका छन् । रावल टिकटबाट वञ्चित हुने अवस्था बनेको छ ।

विज्ञापन

अष्टलक्ष्मी शाक्यलाई काठमाडौं ८ मा चुनावी प्रतिष्पर्धा गराउने ओलीको रणनीति थियो । त्यहाँ जीवनराम श्रेष्ठ गठबन्धनबाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । श्रेष्ठ विगतमा शाक्यसँग निकट मानिन्थे । उनीसँग चुनावी प्रतिष्पर्धा गराउने ओलीको रणनीतिपछि अष्टलक्ष्मीले आफू संसदीय राजनीतिबाट बिदा भएको सुनाइन् ।

युवराज ज्ञवाली प्रत्यक्ष चुनावमा नजाने भइसके । उनको नाम समानुपातिकको बन्द सूचीमा रहे नरहेको स्पष्ट छैन । अमृत बोहरा पनि संसदीय राजनीतिमा नरहने भएका छन् ।

चितवनबाट टिकट पाउने आशा गरेका सुरेन्द्र पाण्डेबारे पनि स्पष्ट छैन । घनश्याम भुसाल ओलीका कटु आलोचक हुन् । उनको पनि टिकट रोकिन सक्ने बुझिएको छ । योगेश भट्टराई ओलीसँग नजिकिए पनि विश्वास गरेका छैनन् । गोकर्ण बिष्ट टिकट पाउनेमा ढुक्क छन् । तर, उनी पनि धक्का खान सक्छन् । भीम आचार्य र रघुजी पन्तलाई पनि कठिन छ । पन्तको नाम समानुपातिकको बन्दसूचीमा रहेको चर्चा छ ।

यसरी एमालेका १० भाई ओलीको पेलाईमा परेका छन् । यसले उनीहरु राजनीतिक भविष्य सुरक्षित गर्न विकल्प खोज्न सक्ने अवस्था सृजना भएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस