काठमाडौं । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन् ।
विज्ञापन
मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहको जिकिर थियो ।
विज्ञापन
तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी)ले सुदुरपश्चिम, लुम्बिनि, कर्णाली, सहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमति प्रदेश र मधेश प्रदेकका भेला र कार्यक्रमहरु साउनमहिना भित्र सम्पन्न हुने अखिल(क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु