काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्मानै फर्कने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए ।
उनले छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने बताए । उनले बरू आफु पुनस् मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्माले सार्वजनिक नगरेको बताए ।
विज्ञापन
संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु