आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • आउने चुनावमा १६५ क्षेत्रमै समाजवादी मोर्चाका उम्मेदवार हुन्छन्: वर्षमान पुन
समाचार

आउने चुनावमा १६५ क्षेत्रमै समाजवादी मोर्चाका उम्मेदवार हुन्छन्: वर्षमान पुन

Renu Dahal

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मंसिरमा हुने संसदीय निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने बताएक छन्।

आइतबार दिउँसो बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले समाजवादी केन्द्र बनाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको बताए।

विज्ञापन

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने,‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं। १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ। कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’

विज्ञापन

अहिले मोर्चा बने पनि कसैसँग चुनावअघि पार्टी एकता हुने सम्भावना भने नरहेको उनले बताए।

समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने पुनको दाबी छ।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ पुनले भने,‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो।’

उनले अहिले आफूहरूको ध्यान कांग्रेससँग गठबन्धन बलियो बनाउने भन्दा पनि समाजवादी केन्द्र निर्माण गर्नेमै रहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस