सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • महँगीले मेरो घरमै दुईथरी तरकारी पकाउन नसक्ने स्थिति आयो : प्रदीप ज्ञवाली
समाचार

महँगीले मेरो घरमै दुईथरी तरकारी पकाउन नसक्ने स्थिति आयो : प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले महँगीले आफ्नो घरमा दुईथरी तरकारी पकाउन नसक्ने स्थिति आएको बताएका छन्।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले जनताको अवस्था झनै जटिल बनेको बताएका छन्।

विज्ञापन

मूल्यवृद्धिले जनताको चुल्हो नै बल्न नसक्ने अवस्था आएको भन्दै ज्ञवालीले आफ्नो घरमा पनि दुईथरी तरकारी पकाउन सक्ने स्थिति नरहेको तर्क गरे।

विज्ञापन

‘मैले नै घरमा एकथरी तरकारी पाक्नेछ भन्ने सम्झौता गर्नुपर्ने स्थिति भयो’, उनले भने ‘दुईथरी तरकारी पकाउन सक्ने अवस्था मेरो छैन। मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, तर नसकिने अवस्था आयो।’

उपमहासचिव ज्ञवालीले सरकारले उच्च मूल्यवृद्धि गराउँदा आमउपभोक्ता मर्कामा परेको बताए। वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनले बताए।

‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो’, उपमहासचिव ज्ञवालीले भने।

आर्थिक हिसाबले मुलुक कुशासन र दु’र्घ’टनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन गर्न जरुरी रहेको उपमहासचिव ज्ञवालीले बताएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस