बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • रिपोर्टिङमा गएका पत्रकार आचार्यमाथि विद्युतका कर्मचारीद्वारा साङघातिक आक्रमण
समाचार

रिपोर्टिङमा गएका पत्रकार आचार्यमाथि विद्युतका कर्मचारीद्वारा साङघातिक आक्रमण

चितवन । चितवनका पत्रकार कृष्ण आचार्यमाथि साङघातिक आक्रमण भएको छ । नारायणी अनलाइनका पत्रकार आचार्यमाथि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले आक्रमण गरेका हुन् । प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकार आचार्यमाथि आक्रमण भएको हो ।

मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खार नाघेर भागेर ज्यान जोगाउन सफल भएको उनका सहकर्मी राजु चौधरीले बताए । ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उनले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भए ।’

विज्ञापन

आचार्य भागेर कार्यालाय नजिकै रहेको चितवन पोस्ट पुगेर ज्यान जोगाएको चौधरीले बताए । अचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएको थिए ।’ज्यान जोगाउन भागेर चितवन पोस्ट पुग्नु भयो । कपडा पुरै च्यातिएको । चितवन पोस्टकै साथिहरुले समेत चिन्न सकेनछन् ।

विज्ञापन

आफ्नो नाम बताएपछि बल्ल चिनेछन्’, चौधरीले भने । अहिले विद्युत कार्यालयको अवस्था तनावग्रस्त छ । चितवनका पत्रकारहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । आक्रमण गर्ने कर्मचारीहरु फरार छन् ।

घटनाकाे बिषयलाई लिएर पत्रकार सम्बध संघ संस्थाहरुले विराेध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेकाे छ ।
अध्यक्ष अनिल ढकालले दोषीलाई कारवाही गर्दै स्वतन्त्र प्रेसकाे मर्यादा राख्न माग गरे । उनले भने “पत्रकार माथि कर्मचमरीले मादक पदार्थ सेवन गरेर गरिएकाे याे घटना पत्रकारीता माथिकाे आक्रमण हाे । दाेशीलाई कारवाही गरि कानुनी राज्यकाे प्रत्याभूत गराउनु पर्छ ।” यस्ता घटना राज्यपक्षबाट नराेक्किय चरणवद्व आन्दाेलन गर्ने उनले चेतावनी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस