बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • ‘एकजना बार्दलीमा र अर्को ढुकुटीमा बसेर श्रीलंका बनाउँछु भन्थे, बाउछोरा पो रहेछन्’
समाचार

‘एकजना बार्दलीमा र अर्को ढुकुटीमा बसेर श्रीलंका बनाउँछु भन्थे, बाउछोरा पो रहेछन्’

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले देशलाई श्रीलंका बनाउँछु भन्ने गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताएका छन् ।

देशलाई श्रीलंका बनाउन खोज्ने प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको छोराजस्तै भएको उनले टिप्पणी गरे ।

विज्ञापन

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा माओवादी केन्द्रका गजेन्द्र महतले गभर्नरलाई बाँधेर नराखे द्वापर युगमा हनुमानले श्रीलंका जलाएजस्तै देश जलाउने चेतावनी दिएका हुन् ।

विज्ञापन

‘सभामुख महोदय, मलाई शंका लागिरहेको थियो । एकजना बार्दलीमा बसेर यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए । यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो, नभन्दै यिनी बा र छोरा रहेछन्,’ संसदमा व्यंग्यात्मक शैलीमा महतले भने, ‘फेरि यी बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्थ्यो, नभन्दै यी हनुमान रहेछन् द्वापर युगमा यिनले श्रीलंका जलाएका थिए सभामुख महोदय । अहिले पनि श्रीलंका जलिराखेको छ, नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ यिनले । यी हनुमानले जलाउन खोजेका छन्, सरकारलाई भन्नुस् यिनलाई बाँधेर राख्नु पर्‍यो । नत्र यिनले नेपाल जलाउँछन् ।’

गभर्नर अधिकारी एमालेको अर्थ र योजना विभागको सदस्य रहेको बाहिर आएपछि सांसदहरूले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

कांग्रेसका गगन थापा, मीनबहादुर विश्वकर्मालगायतले पनि एमालेको अर्थ योजना विभागमा राखिएका ‘एम अधिकारी’ बारे संसदमा बोलेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस